गोरखा । निर्माण ब्यवसायी संघ गोरखाको अध्यक्षमा सुर्य भण्डारी बिजयी भएका छन् । बुधबार साँझ गरिएको निर्वाचनमा भण्डारीले १३४ मत ल्याएर बिजयी भएका हुन् ।
भण्डारीका प्रत्यासी होमबहादुर बानियाँले भने ९८ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
भण्डारी र बानियाँले छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । मत परिणाम भने मिश्रीत आएको छ । अध्यक्षमा बानियाँले हार ब्यहोरे पनि उनका प्यानलबाट राजु लामिछाने सहित ५ जनाले जित हात पारेका छन् ।
मतदानबाट निर्वाचित हुनेहरुमा भोला मरहट्ट १३७ मत, राजुबावु लामिछाने १३१ मत, किरणबावु श्रेष्ठ १२६ मत, सबिन बस्नेत १२१ मत, देवराज गुरुङ ११६ मत सहित बिजयी हुन सफल भएका छन् ।
त्यस्तै गरी सुरेन्द्र बस्नेत १११ मत, दिनेश तमु १०६ मत, बिनोद खनाल १०१ मत, दलमान गुरुङ १०० मत, ताराबहादुर खड्का ९८ मत र दिपक थापाले ९५ मत प्राप्त गरेका थिए ।
संघको बिद्यान अनुसार अब बस्ने नव निर्वाचित समितिको बैठकले ४ जनालाई समितिमा मनोनित गरेर ल्याउन पाउने छन् भने उपाध्यक्षदेखी कोषाध्यक्षसम्मको पदको जिम्मेवारी अध्यक्षले बाँडफाड गर्ने छ ।
नव निर्वाचित समितिको केही दिन भित्रै पदास्थापन हुने निर्वतमान अध्यक्ष बावुराम श्रेष्ठले जानकारी दिए ।




















