गोरखा । गोरखा जिल्लाबाट नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको नाम टुंगो लगाएको छ । ११ पुसबाट काठमाण्डौंको कमलादीमा हुने सम्मेलनका गोरखाबाट १८ जना प्रतिनिधि सहभागी नाम छनौ भएको हो ।
माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । गोरखाबाट केन्द्रिय प्रतिनिधिको रुपमा खोपबहादुर कड्ेल, कमला नहर्की, लेखबहादुर थापा, जगन्नाथ खनाल, लोकप्रसाद बञ्जारा, बिजय भट्टले प्रतिनिधित्व गर्ने माओवादी केन्द्र गोरखाले जनाएको छ ।
त्यस्तै गरी दिपक देवकोटा, भगवती तिवारी, दिपक तिमल्सेना, छमबहादुर गुरुङ, धना गुरुङ, निमा लामा, दिलबहादुर सेन्चुरी, अकुर तिमल्सेना, भुवन सुनार, पूर्णकुमारी कड्ेल, पम्फा बसेल र कञ्चन कुमाल पनि केन्द्रिय प्रतिनिधिमा छनौट भएका छन् ।
माओवादी केन्द्रले बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाडामा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । पार्टी प्रबक्ता कृष्ण बहादुर महाराका अनुसार सम्मेलनमा जम्मा १ हजार ५३३ जना प्रतिनिधी सहभागी हुनेछन् ।
सम्मेलनमा वैचारिक राजनीतिक बहस हुनुका साथै अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक डकुमेन्टमाथि ब्यापक छलफल हुने जनाएको छ ।
माओवादी केन्द्रले १ हजार ५०० सदस्य बराबर १ जना सम्मेलन प्रतिनिधि चयनको व्यवस्था गरेको छ ।




















