गोरखा । गोरखा उद्योगा बाणिज्य संघको आसन्त अधिवेशनमा कृण्णकुमार श्रेष्ठले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । संघको साधारण सदस्य लिएको ३१ बर्ष पछि श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सदरमुकाममा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले यसै सातादेखी हुने १६औं अधिवेशनमा आफुले अध्यक्षमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।
०४८ सालमा संघको साधारण सदस्यबाट प्रवेश गरेका श्रेष्ठले ०६१ सालमा आएर कार्य समिति सदस्य देखी सचिव, कोषाध्यक्ष, महा सचिव, द्वितिय उपाध्यक्ष हुदै वरिष्ठ उपाध्यक्ष भएका थिए ।
श्रेष्ठले आफ्नो अध्यक्ष पदका लागि पूर्व अध्यक्ष ईश्वरकाजी मास्के, शित्तलकाजी मास्के, अच्यूतलाल श्रेष्ठ र श्रवणकुमार जोशी तथा अहिलेका अध्यक्ष जिवनज्योती श्रेष्ठको समेत समर्थन रहेको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
कोरोना महामारीका कारण ११ महिना पछि हुन लागेको ४६औं साधारण सभा तथा १६औं अधिवेशनमा श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा भगवानबावु मास्के, उपाध्यक्षमा अस्मकबावु श्रेष्ठ र महासचिवमा प्रकाशचन्द्र श्रेष्ठले उम्मेदवारी दिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
त्यस्तै गरी सोही प्यानलबाट कोषाध्यक्षमा चन्दनबावु खत्री, सचिवमा गोविन्द गुरुङको पनि उम्मेदवारी घोषणा गरिएको थियो ।
सदस्यहरुमा भने शरण श्रेष्ठ, दिपककुमार श्रेष्ठ (अनु), बसन्त बस्नेत, शिव खत्री, मनकाजी श्रेष्ठ, रामहरी केसी र महिला सदस्यमा रिता रेग्मीले उम्मेदावरी घोषणा गरेका थिए ।
यस अघि नै कार्य समिति सदस्य रहेका विण्णु मास्के, कृण्ण घिमिरे, बसन्त श्रेष्ठ र राजुबावु श्रेष्ठले भने आफुहरुले उम्मेदवारी नदिने घोषणा गरेका थिए ।
संघमा गैर ब्यवसायीहरुको हाली मुहाली भएको गुनासो सुन्ने गरिएको भएता पनि यस पटक पनि सोही अनुहार दोहरीने देखिए पछि अर्को समूहले पनि उम्मेदवारी दिन सक्ने चुनौती भने कायमै रहेको छ ।




















