गोरखा । गोरखाका अब्दुल सत्तार नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा विजयी भएका छन् ।
गोरखा सिरानचोक गाउँपालिका हर्मी घर भएका सत्तार नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।
गोरखा क्षेत्र नम्बर २ बाट महासमिती सदस्य समेत रहेका उनि नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष समेत हुन ।
सत्तार मुस्लिम आरक्षण कोटाबाट उम्मेदवार बनेका हुन । सतारले २ हजार २२८ मत पाएर बिजयी भएका हुन् ।




















