गोरखा । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा गोरखाका सुरेन्द्रराज पाण्डे बिजयी भएका छन् ।
पालुङटार नगरपालिका १ खोप्लाङ घर भएका पाण्डे खुल्ला ३५ केन्द्रीय सदस्यभित्र २२ औँ स्थानमा पर्न सफल भएका हुन् ।
पाण्डेले २ हजार २०१ मत पाएर विजयी भएका हुन् । नेता पाण्डे शेरबहादुर देउवा निकट हुन् ।
केन्द्रीय समितिमा निर्वाचित गोरखाबाट उनी पहिलो हुन् । खुल्लातर्फ उम्मेद्वारी दिएका महासमिति सदस्य राजेन्द्र बजगाई र दीपकबाबु कँडेल भने केन्द्रीय समिति सदस्य हुनबाट बञ्चित भए ।
जनजातितर्फ चिनकाजी श्रेष्ठ, जनजाति महिलातर्फ मनकुमारी गुरुङ, अल्पसंख्यकबाट हरिबहादुर घले, खस आर्यतर्फ मोहनप्रकाश पोखरेल, मुस्लिम आरक्षण तर्फबाट अब्दुल सतारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनीहरुको मत गणना हुन बाँकी छ ।




















