गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा रहेको ब्रह्रमाचारिणी आधारभुत बिदालयका बिद्यार्थीहरुलाई ट्याकसुट वितरण गरिएको छ ।
बिद्यालयमा अध्ययनरत ४० जना स्कुले छात्राहरुलाई थर्ड आई नामक गैर सरकार संस्थाले उक्त पोषाक उपलब्ध गराएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अमर गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार सस्थाका सदस्य नितेश पुडासैनी र राजु भट्टको सहयोगमा बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई पोषाक उपलब्ध गराईएको हो ।




















