गोरखा । नेकपा माओबादी केन्द्रको भातृसंगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपालको बारपाक सुलिकोट गाउँपालिका समितिको प्रथम गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट अध्यक्षमा रविन तामाङ निर्विरोध निर्वाचित भएका छन्ं ।
सौरपानीमा भएको सम्मेलनबाट वाइसिएल बारपाक सुलिकोट गाउँपालिकाको उपाध्यक्षमा सिताराम गुरुङ, प्रेम बहादुर गुरुङ, सचिवमा यमबहादुर गुरुङ, सहसचिवहरु सस्कार गुरुङ, सरला रोका, मुकेश राना, लक्ष्मण गुरुङ र कोषाध्यक्षमा अजय गुरुङ निर्वाचित भएका छन् ।
सम्मेलनको उद्घाटन कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टले सम्मेलनको उद्घाटन गरेका थिए ।




















