गोरखा । नेकपा एमाले गोरखा जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । पार्टीको केन्द्रले गरेको कार्य बिभाजन अनुसार जिल्लाको इन्चार्जमा रामशरण बस्नेत र सहइन्चार्जमा सम्झना देवकोटालाई चयन गरिएको हो ।
इन्चार्ज बस्नेतले यस अघि पनि जिल्ला इन्चार्जको भूमिका निर्वाह गरीसकेका छन् । इन्चार्ज बस्नेत र सहइन्चार्ज देवकोटा पार्टीको हालै सम्पन्न १०औ महाधिबेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए ।
इन्चार्ज बस्नेत गण्डकी प्रदेशका निर्वतमान मन्त्री समेत हुन् ।




















