गोरखा । गोरखा चेम्बर अफ कमर्सले आयोजना गरेको कृषि ब्यापार तथा प्रवर्धन मेला २०७८ तत्कालका लागी स्थगित भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्व पक्षिय बैठकमा मेलालाई तत्कालका लागी रोक्ने र कानूनी प्रकृया पुरा गरेर मात्र सञ्चालनमा ल्याउने सहमती भएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए ।
मेलाको बिषयमा विवाद र्सिजना भए पछि गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयले खेल प्रयोग बाहेक अन्य कुनै पनि प्रयोजनमा खेल मैदान प्रयोग नगर्न नगराउन पत्राचार गरे संग शुक्रबार बसेको सर्व पक्षिय बैठकमा हालका लागी मेला रोक्ने निर्णय भएको प्रजिअ आचार्यले बताए । ‘बैठकमा मेला महोत्सव आयोजना गर्न स्थानिय तहको अनुमती लिनुपर्ने र त्यस पछि मात्र मेला महोत्सव आयोजना गर्ने’ निर्णय भएको प्रजिअ आचार्यले बताए ।
कमर्सले यही पौष ५ गतेदेखी १५ गतेसम्म ‘कृषि ब्यापार तथा प्रवर्धन मेला २०७८’ को आयोजना गरेको थियो । मेलाको तयारी ८० प्रतिशतसम्म सकिएको गोरखा चेम्बरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गाेरखामा आज भएकाे बैठककाे निर्णय






















