गोरखा । नयाँ बिद्युत महशुल दर समायोजन गर्न भन्दै गोरखाको बिद्युत काउन्टर ५ दिनको लागी बन्द गरिएको छ ।
नेपाल बिद्युत प्राधिकरण बितरण तथा ग्राहक सेवा निर्देशनालयको निर्देशन अनुसार बिहीबार देखी सोमबार सम्म बिद्युत काउन्ट बन्द गरिएको गोरखा बितरण केन्द्रले जनाएको हो ।
नयाँ महशुल दर कम्प्यूटरको बिलिङ सिस्टममा अद्यावधिक गर्न महशुल काउन्टर बन्द गरिएको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले जानकारी दिए ।
गएको कात्र्तिक ८ गते भएको निर्णय अनुसार पौष १ गतेदेखी बिद्युत महशुल दर परिवर्तन भएकोले परिवर्तित महशुल दर कम्प्यूटरमा समावेश गर्न केही दिन लाग्ने भएका कारण पौष ५ गते सम्म काउन्टर बन्द गरिएको हो ।




















