धादिङ । धादिङको कोल्पुखोलामा ट्रकले ठक्कर दिदा गोरखा नगरपालिकामा १ पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका ५ का ६ बर्षिय दुर्गाबहादुर थापा भएको धादिङ प्रहरीले जनाएको छ ।
धादिङको गल्छी गाउँपालिका ७ को कोल्पुखोला गल्छी नुवाकोटस्थित सडक खण्डमा बागमती प्रदेश ०२–०२२ प ४१५१ नम्बरको मोटरसाइकललाई ना.५ ख ७८८९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार गोरखा जिल्ला गोरखा नगरपालिका ५ बस्ने ४६ वर्षीय दुर्गाबहादुर थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।




















