गोरखा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट कार्यान्वयनमा अरुलाई दोष देखाएर उम्किने छुट कसैलाई नभएको बताए ।
मन्त्रालयले आज गोरखा सदरमुकाममा आयोजना गरेको ‘बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धी’ अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले बजेट कार्यान्वय गर्न नसक्ने भए बेलैमा जानकारी गराउन पनि कार्यालय प्रमखहरुलाई निर्देशन दिए ।
कर्मचारीहरुले दुर्बल पक्ष देखाएर आर्थिक बर्षको अन्त्यमा बजेट कार्यान्वय नगर्ने परम्परा रहेको भन्दै अब त्यस्तो छुट नहुने बताए । ‘कर्मचारीहरुले प्रदेश सरकारले ल्याएका योजनाहरुलाई नजिता निस्कने गरि कार्यान्वयनमा जोड दिनुपर्छ, मन्त्री बरालले भने, कार्यान्वयन गर्न नसक्ने स्थित रहे बेलैमा हामीले सक्दैनौ भनेर जानकारी दिनुस् ।’
मन्त्री बरालले बिषम परिस्थतीमा बजेट बनेकाले बजेटका केही दुर्बल पक्षहरु पनि छन् तर ति दुर्बल पक्षहरुलाई कोट्याएर र देखाएर काम नगर्नेहरु प्रति सरकार कडा रुपमा प्रस्तुत हुने समेत बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री लेखबहादुर थापा मगरले दोश्रो चौमासिकसम्म कार्यान्वयन सुरु नभएका योजनाहरु रद्ध गर्न सुझाव दिए । थापाले जिल्लामा राजश्व संकलन गर्न धेरै क्षेत्रहरु छुटेको तथा उठ्नुपर्ने राजश्व कम उठेकोले अनुगमन आवश्यक भएको बताए ।




















