गोरखा । जिल्लामा मुक्तक मन्च गठन गरिएको छ । मिलन सुनारको अध्यक्षतामा मञ्चको गठन भएको हो ।
नवगठित मञ्चको उपाध्यक्षमा रन्जु खनाल, सचिवमा सुस्मिता दवाडी, सहसचिवमा सविना अधिकारी र कोषाध्यक्षमा अशोक श्रेष्ठ चयन भएका छन् ।
त्यस्तैगरी सदस्यहरुमा अरुण ढकाल, सुरोज परियार, सुजन बस्नेत, बिकास परियार, अप्सरा ढकाल, सपना गुरुङ्ग र अर्जुन अधिकारी चयन भएको मञ्चले जानकारी दिएको छ ।




















