गोरखा । गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाले ८ दिनमा १ हजार भन्दाबढीको आँखा जाँच गर्नुका साथै ३७ जनाको शल्यक्रिया सम्पन्न गरेको छ ।
लायन्स क्लब अफ गोरखा र सिरानचोक गाउँपालिकाको संयुत्त आयोजना तथा नेपाल नेत्र ज्योति संघ गोरखा, आई केयर फाउण्डेसन र हिमालय आँखा अस्पताल पोखराको सहयोगमा सिरानचोक गाउँपालिकाको सबै वडामा गरी १ हजार २०६ जनाको आँखा जाँच र ३७ जनाको मोतियाँ बिन्दुको शल्यक्रिया गरेको सेवा केन्द्र गोरखाले जनाएको छ ।
मंसिर १४ गतेदेखी २२ गतेसम्म आँखा जाँच गराईएका आँखाका बिरामी मध्ये ३७ जनाको शल्यक्रिया गर्नुपर्ने देखिए पछि उनीको निशुल्क शल्यक्रिया गरीएको गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाले जानकारी दिएको हो ।
आँखा जाँच शिविरमा केराबारीमा १०४ जना, थालाजुङमा ११९ जना, हर्मीमा २२६ जना र चोरकाटेमा १२० जनाले आँखा जाँच गराएका थिए । त्यस्तै गरी छोप्राकमा १२६ जना, गाँखुमा १८२ जना, श्रीनाथकोटमा १२१ जना र जौबारी र धारापानीमा गरी २०८ जनाले आँखा जाँच गराएको लायन्स सेवा केन्द्रले जनाएको छ ।
आँखा जाँच गराएका मध्ये १९ जना पुरुष र १८ जना महिलाको शल्यक्रिया गर्नुपर्ने भए पछि उनीहरुको स्थानिय स्वास्थ्य संस्थामा नै निशुल्क शल्यक्रिया गराईएको गोरखा लायन्स आँखा सेवा केन्द्रले जानकारी दिएको छ ।
तस्बिर गोरखा लायन्स आँखा सेवा केन्द्र






















