गोरखा । गोरखामा ७३औं अन्तराष्ट्रिय मानव अधिकारी दिवसको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाममा भएको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले नेपालमा मानव अधिकारका बिषयमा बलियो रुपमा उठेपनि कार्यान्वयन पक्ष फितलो रहेको बताएका छन् ।
अन्र्तक्रिया कार्यक्रममा अधिबक्ता रमेश अधिकारीले मानव अधिकार समेटिएको अवधारणा पत्र प्रस्तुत गरेका थिए । मानव अधिकारको संरक्षण र सम्बद्र्वनका निम्ति बनेका अन्तराष्ट्रिय महासन्धीहरु लगायतका बिषय समेटिएको अवधारणमा पत्रमा नेपाल मानव अधिकार संरक्षणका लागि भएका प्रयासहरु बिषयमा जानकारी गर्राएका र्थिए ।
कार्यक्रममा बोल्दै गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी कोमलनाथ भण्डारीले मानव अधिकारको रक्षा र पालन गर्नु सवैको दायित्व र कर्तव्य हुन आउने बताए । कार्यक्रमका प्रमुख अतिथी जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष एवं केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठ रहेका थिए ।
सोही कार्यक्रममा अधिबक्ता यादव शर्माले मानव अधिकारका बिषयबस्तु भेक रहेको भन्दै मानव अधिकार हननका घटनालाई सवैले गम्भीरता पूर्वक उठाउनु पर्नेमा जोडदिए ।
राष्ट्रिय मानव अधिकार संगठनको संयोजन तथा राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र, एम्नेष्टी इन्टरनेसन समुह ७६, एम्नेष्टी इन्टरनेसनल समुह ४२, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार सञ्जाल र नेपाल पत्रकार महासंघको संयुत्त आयोजनामा कार्यक्रम भएको हो ।




















