गोरखा । गोरखा सदरमुकाममा रहेको गोरखा संग्रालयमा गएको २२ दिनमा करिब ११ हजार मानिसले अबलोकन गरेका छन् ।
गोरखा नगरपालिका ६ को ठुलो आँगन क्षेत्रमा रहेको गोरखा संग्रालय मंसिर महिनाको २२ दिनमा मात्रै १० हजार ७०९ जनाले अबलोकन गरेको संग्रालय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
भ्रमणको सिजन भएको र यो सिजनमा जिल्ला बाहिरबाट आउने बिद्यार्थीहरुले संग्रालयका अबलोकन गरेको कार्यालयले दिएको छ । कार्यालयले दिएको जानकारी अनुसार गएको भाद्र, असोज र कात्र्तिक महिनामा ११ हजार ६०७ ले अबलोकन गरेको थियो । ‘गएको चार महिनामा जती मानिसले संग्रालयका अबलोकन गरे त्यही नै बरावर मंसिरको २२ दिनमा अबलोकन गर्नेहरुको संख्या भएको’ प्रमुख अधिकारीले बताए ।
भाद्र महिनामा ६९९ जना, असोज महिनामा ३ हजार १७ जना र कात्र्तिक महिनामा ७ हजार ८९१ जनाले संग्रालयको अबलोकन गरेका थिए ।
केही दिन यता जिल्ला बाहिरबाट संग्रालय अबलोकनका लागी आउनेहरुका संख्या बढ्न थालेको कार्यालयले जनाएको छ । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार मंसिर २२ गतेसम्म १२ हजार ५५१ जना सर्व साधारण नेपालीहरुले संग्रालयको अबलोकन गरेकोमा सोही अवधीमा ९ हजार ६६९ जना बिद्यार्थीहरुले अबलोकन गरेका थिए ।
त्यस बाहेक पनि सार्क राष्ट्रका १७ जना बिदेशी र ४९ जना अन्य देशका पर्यटकले संग्रालयको अवलोकन गरेका थिए । संग्रालय अबलोक गर्नेहरुबाट ४ लाख १७ हजार ९६५ रुपैयाँ राजश्व आम्दानी भएको पनि कार्यालयले जनाएको छ ।
संग्रालयमा तात्कालिन राजा पृथ्वी नारायण शाहको ५२ हात लामो चिना, नेपाल एकिकरणका समयमा प्रयोग भएका हात हतियार, तात्कालिन अवस्थाका सिक्काहरुका साथै प्राचिन कालिमा गोरखा राज्य भित्र पाईएका ढुङाका चैत्यहरु, धार्मिक साँस्कृतीक सामाग्रीहरु, तात्कालिन गोरखा राज्यमा बसोबास गर्ने जातजातिका झाकीहरु (डायोरामा) का साथै गोरखा राज्य बिस्तार भएका बखतका नक्साहरु र तात्कालिन गोरखा राज्यको राजनैतिक घटना संग सम्बन्धीत तैल चित्रहरु संग्रालयमा अबलोक गर्न सकिने कार्यायले जनाएको छ ।



