गोरखा । जेष्ठ नागरिक संघ जिल्ला शाखाका अध्यक्ष मोहनलाल श्रेष्ठ राष्ट्रिय जेष्ठ नागरिक महासंघको केन्द्रिय सदस्यमा चयन भएका छन् ।
मंसिर १९ र २० गते बुटवलमा भएको ८औं राष्ट्रिय महाधिवेशनमा अत्याधिक मत प्राप्त गर्दै श्रेष्ठ केन्द्रिय सदस्यमा चयन भएका हुन् ।
श्रेष्ठ यस अघि पनि केन्द्रिय सदस्य थिए । कार्य समिति सदस्यमा उम्मेदवारी दिएका मध्ये श्रेष्ठले देशैभरबाट अत्याधिक मत प्राप्त गरेको जेष्ठ नागरिक संघ गोरखाले जनाएको छ ।
अधिवेशनले केन्द्रिय अध्यक्षमा छत्रबहादुर प्रधानलाई अध्यक्षमा चयन गरेको छ ।




















