गोरखा । गोरखाको पारिवारीक निजी बनको जिल्ला अध्यक्षमा पहिलो पटक महिला चयन भएकी छिन् । सदरमुकाममा भएको जिल्ला भेलाले कबिता अर्यालको अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
सदरमुकाममा भएको भेलाले पारिवारीक निजी बन संघको उपाध्यक्षमा सन्तोष दवाडी, सचिवमा शम्भू थापा, कोषाध्यक्षमा प्रेमराज कट्टेल र सह सहसचिवमा सकुन्तला खत्री चयन भएको संघले जनाएको छ ।
जिल्ला संघको अन्य सदस्यहरुमा भरत कट्टेल, शारदा भट्टराई, पम्फा खत्री, निलप्रसाद खनाल, राजेन्द्र तिवारी, रेनु श्रेष्ठ, इन्द्रा लामिछानेलाई चयन गरेको छ । त्यस्तै गरी सदस्यहरुमा सानुमायाँ खड्का, उषा अधिकारी, मनोज थापा, भिम श्रेष्ठ, विण्णु गुरुङका साथै टिकानारायण श्रेष्ठ चयन भएका छन् ।
भरत कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकामा प्रमुख राजनराज पन्त, संघका केन्द्रिय अध्यक्ष जोगराज गिरी, कोषाध्यक्ष राजेन्द्र भट्ट, डिभिजन बन कार्यालय गोरखाका सहायक बन अधिकृत होमबहादुर बल्छौडी लगायले शुभ कामना मन्तब्य राखेको संघले जनाएको छ ।




















