चितवन । चर्चित गायक आनन्द कार्कीको चितवनमा ‘लक्ी साँगीतिक साँझ’ हुने भएको छ । लक्की मिडिया हाउस चितवनले पुष १५ गते भरतपुरमा ‘एनप्लस प्रोफेसनल’ को प्रस्तुती ‘लक्की साँगीतिक साँझ २०७८ एवम् सम्मान कार्यक्रम’ गर्न लागेको हो ।
चर्चित गायक आनन्द कार्कीको बिशेष प्रस्तुतीमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको तयारी तीब्र रुपमा थालिएको लक्की मिडीयाँका सञ्चालक हरी कार्कीले जानकारी दिए ।
कोरोनाले धराशायी भएको कलाकारिता क्षेत्रलाई उकास्ने र प्रर्वद्धन गर्ने हेतुले हाउसले ‘लक्की सांगितिक सांँझ २०७८ एवं सम्मान कार्यक्रम’ गर्न लागेको कार्कीले जानकारी दिए ।
मौलिक पर्वको रुपमा मानिदै आएको पुषे १५ को अवसर पारेर यो बिशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्कीका अनुसार राष्ट्रिय स्तरका चर्चित कलाकार तथा गायक, गायिकाको साथमा साँगीतिक सांँझ गर्न लागिएको हो ।
कार्यक्रममा चर्चित गायक आनन्द कार्की, युवराज चौलागाई , टिका प्रसाईं, सन्तोष बस्याल लगायतको सहभागिता रहने मिडियाले जनाएको छ ।




















