गोरखा । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिमा गोरखाका ३ जना पत्रकार निर्वाचित भएका छन् ।
चितवनमा आइतबार सम्पन्न भएको सेन्टरको चौथो राष्ट्रीय अधिबेशनबाट गोरखा जिल्लाबाट दिपक श्रेष्ठ, राजेन्द्र न्यौपाने र संगिता चेपाङ सर्वसम्मत निर्वाचित भएका हुन् ।
नवनिर्वाचित केन्द्रीय सदस्य श्रेष्ठ यस अघि संगठनको केन्द्रीय सदस्य हुन भने गण्डकी प्रदेश समितिको सह–संयोजक समेत हुन ।
त्यस्तै अर्का नवनिर्वाचित केन्द्रीय सदस्य न्यौपानले यस अघि पनि केन्द्रीय सदस्य थिए । चेपाङ भने पहिलो पटक पिछडीएको समुदायबाट केन्द्रीय सदस्यमा निर्वाचित पहिलो महिला हुन ।
गोरखाबाट निर्वाचित भएका ३ जना मध्ये श्रेष्ठले संगठनको केन्द्रीय सचिव पदमा आफ्नो दावी प्रस्तुत गरेका छन् । गण्डकी प्रदेशमा कात्तिक २७ गते भएको प्रदेश समितिको दोस्रो अधिबेशनमा अध्यक्षका मुख्य दावेदार समेत रहेका श्रेष्ठले सहमतीकालागि भन्दै अध्यक्षबाट हटेर केन्द्रमा जाने निर्णय लिएका थिए ।
अधिबेशनबाट संगठनको केन्द्रीय अध्यक्षमा बिष्णु सापकोटा सहित १९१ सदस्सीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित भएका छन् । पदाधिकारीको चयन हुन भने बाँकी छ ।
संगठनको बिधानले केन्द्रीय सदस्यहरुमा निर्वाचित भएपछि निर्वाचित केन्द्रीय सदस्यहरुबाट नै अध्यक्ष सहितको पदाधिकारीहरु निर्वाचत गर्ने भएकाले पहिलो बैठकबाट बरिष्ठ उपाध्यक्ष सहित ३७ पदाधिकारी निर्वाचित गर्ने प्रावधान छ ।
सर्वसम्मत ढंगबाट पदाधिकारी चयन गर्ने प्रयास गरिने भएपनि सहमती नभए मतदानबाट पदाधिकारी चयन गरिने संगठनका इन्चार्ज महेश्वर दाहालले जानकारी र्दिए ।




















