गोरखा । गोरखाबाट राप्रपाको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका ६ जना मध्ये ३ जना मात्र बिजयी हुन सफल भएका छन् । विजयी हुनेहरुमा हिक्मजंङ भण्डारी, रामराज कोइराला र मनमायाँ गुरुङ रहेका छन् ।
हालै सम्पन्न एकता महाधिवेशनमा मोहन श्रेष्ठ, महेश्वर रोका र हरिराम आचार्य पराजित भएका हुन् ।
विजयी उम्मेदवारहरु मध्ये भण्डारीले १ हजार १३८ मत पाएका थिए भने कोइरालाले १ हजार ३४३ मत र गुरुङले १ हजार ४८३ मत पाएका थिए ।
पराजित भएका श्रेष्ठले ९४५ मत मात्र प्राप्त गरेका थिए भने अर्का पराजित उम्मेदवार रोकाले १ हजार ३९ र आचार्यले ७८० मत पाएका थिए ।
पराजित उम्मेदवार श्रेष्ठ राप्रपाका प्रवत्ता समेत थिए ।




















