पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश निर्वाचनमा गोरखा जिल्लाबाट उम्मेदवारी दिएका मध्ये महामन्त्रि सहित ८ पदमा बिजयी भएका छन् । खसेको १ हजार १४६ मत गणना हुदा महामन्त्रिमा गोरखा बजारका किरणबावु श्रेष्ठ सहित विभिन्न ८ पदमा गोरर्खालीहरु बिजयी भएका हुन् ।
प्राप्त मत परिणाम अनुसार गोरखा जिल्लाको महिला सदस्य तर्फ शोभा अधिकारी र पुरुष तर्फ आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाल बिजयी हुन सफल भएका छन् ।
खस आर्य तर्फ खुल्लामा बिरबहादुर ढकाल, सदस्य प्रत्यक्ष प्रदेश भित्रका सभाको कुल नि.क्षे.को १/३ खुल्ला तर्फ प्रदेश साँसद प्रकाशचन्द्र दवाडी बिजयी भएका छन् ।
खस आर्यकै महिला तर्फ जानुका पन्त र आदीबासी जानजाती महिला तर्फ गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले जित हात पारेकी छिन् ।
त्यस्तै गरी आदीबासी जनजाती खुल्ला तर्फ गोरखाका पूर्णबहादुर रानामगर पनि विजयी भएका छन् ।




















