काठमाण्डौं । अमेरिकाको विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको पूर्ण लम्साल र बिष्णु मिश्र बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘चोखो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक रंजन राईको सुमधुर स्वर सुन्न सकिन्छ । रवि मल्लको शब्द रहेको यस गीतलाई नविन कार्कीले संगीतवद्द गरेका हुन् । गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ ।
शैलेश घलेले छायांकन गरेको भिडियोलाई बिष्णु खड्कालेसम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।




















