पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश महामन्त्रिमा गोरखाका किरणबावु श्रेष्ठ विजयी भएका छन् ।
शनिवार सम्पन्न कांग्रेसको प्रदेश अधिबेशनमा महामन्त्रीमा किरणबाबु श्रेष्ठ ५७३ ल्याएर बिजयी भएका हुन् । उनी संगै विष्णु प्रसाद लामिछानले ५६७ मत प्राप्त गरेर विजय भएका छन् । उनीहरु दुवैजना पौडेल पक्षका हुन् ।
महामन्त्रि पदकैलागी देउवा पक्षबाट उम्मेदवारी दिएका भीमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले भने हार ब्यहोर्ररेका छन् ।




















