गोरखा । आसन्न नेपाली काँग्रेसको १४औं महाधिवेशनको सन्दर्भमा भोली हुने गण्डकी प्रदेशको निर्वाचनकालागी गोरखा जिल्लाबाट मात्रै विभिन्न पदकालागी करिब २ दर्जनले उम्मेदारी दावी गरेका छन् ।
गोरखाबाट महामन्त्री पदकालागी भीमसेन थापा गाउँपालिकामा अध्यक्ष ईश्वर पाण्डेले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दावी गर्नेमा गोरखा नगरपालिकामा मेयर राजनराज पन्त, उपमेयर बिनाकुमारी श्रेष्ठ र भीसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर समेत मैदानमा देखिएका छन् ।
उम्मेदवारी दावी गर्नेहरुको संख्या दिउसो १२ः३० बजेसम्म १८ जना पुगेको नेपाली काँग्रेस गोरखाका सचिव किशोरजंङ थापाले टेलिफोनबाट जानकारी दिए ।
त्यस्तै गरी गोरखा नगरपालिकामा मेयर राजनराज पन्तले सह महामन्त्री पदमा गोरखा नगरपालिकाकै उपमेयर बिनाकुमारी श्रेष्ठले महिला जनजाती तर्फ उम्मेदवारी दिएका छन् ।
उम्मेदवारीकै लाईनमा सहमहामन्त्रीमा युवराज बस्ताकोटीले समेत उम्मेदवारी दिएको छ ।
महिला कोटा तर्फ शोभा अधिकारी र कमला लामिछानेको उम्मेदवारी परेको छ भने प्रदेश कार्य समितिमा ध्रुवप्रसाद खनाल र मिना अधिकारीको उम्मेदवारी परेको छ ।
यता प्रदेश सस्यकालागी आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालको उम्मेदवारी परेको छ । त्यस्तै गरी पूर्णबहादुर राना मगर, बिरवल ढकाल र रमेश बस्ताकोटीको पनि उम्मेदवारी परेको छ ।
दलित तर्फ भने गोरखाका रिता परियारले उम्मेदवारी दर्ता गराएकी छिन् ।


























