गोरखा । गोरखामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ । केही सातादेखी ओरालो लागेको संक्रमितको संख्या गएको सोमबार देखी शुन्यमा झरेको हो ।
संक्रमितको संख्या शुन्यमा झरे संगै जिल्लाको सबै स्थानमा कोरोना परिक्षण पूण रुपमा बन्द गरिएको छ । गोरखा अस्पताल, २ नगरपालिका र ९ गाउँपालिकामा संकलन हुदै आएको स्वाब संकलन केही दिनदेखी बन्द भएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए । ‘कोरोना वा कोरोना संग मिल्दो जुल्दो लक्ष्यण भएको बिरामी फेला नपरेको कारण स्वाब संलकन नगरेको स्थानिय तह र गोरखा अस्पतालले जानकारी दिएको’ फोकल पर्सन अर्यालले बताए ।
कोरोना महामारी भएसंगै गोरखा जिल्लामा ७ हजार ५११ जना संक्रमित भएका थिए । जस मध्ये सबै भन्दा बढी गोरखा नगरपालिकामा संक्रमण देखिएको थियो । गोरखा नगरपालिकामा मात्रै १ हजार ४६९ जनामा संक्रमण देखिएको थियो ।
त्यस्तै गरी आरुघाट गाउँपालिकामा १ हजार ७३ जना, पालुङटार नगरपालिकामा ९२८ जना, भीमसेन थापा गाउँपालिकामा ८५८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उता शहिदलखन गाउँपालिकामा ७५० जनामा संक्रमण देखिएको थियो भने बारपाक सुलिकोटमा ६६१ जनामा संक्रमण देखिएको थियो । सिरानचोक गाउँपालिमा भने ५४७ जनामा संक्रमण देखिएको थियो ।
संक्रमण कम भएका अजिरकोट गाउँपालिकामा ४३३ जना, गण्डकी गाउँपालिकामा ४०३ जना, धार्चे गाउँपालिकामा १९७ जना र चुमनुब्री गाउँपालिकामा ३१ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
सोही अवधीमा जिल्ला बाहिर रहेका गोरर्खालीहरु मध्ये १६२ जना संक्रमित भएका थिए ।
कोरोना संक्रमण भएका मध्ये ७० जनाले सोही अवधीमा ज्यान गुमाउनु परेको थियो । यो संख्या मध्ये गोरखा जिल्ला भित्र ३४ जना र जिल्ला बाहिर ३६ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
संक्रमण भएर ज्यान गुमाएका मध्ये गोरखा नगरपालिका ९ जना, पालुङटार ६ जना, शहिदलखन, बारपाक सुलिकोट र सिरानचोक गाउँपालिकाका ४–४ ले समेत सोही अवधीमा ज्यान गुमाएका थिए ।
त्यस्तै गरी भीमसेन थापा, अजिरकोट र आरुघाट २–२ जना र गण्डकी गाउँपालिकामा १ जनाले ज्यान गुमाएका थिए ।






















