साँकेतिक तस्बिर
गोरखा । उत्तरी गोरखाको गापमा खच्चड गोठालो भिरबाट लडेर बुढी गण्डकी नदीमा बेपत्ता भएका छन् ।
बागलुङ निसीखोला गाउँपालिका ६ घरभएका ४१ बर्षिय बिरबहादुर घर्ती एक्कासी गापको भिरबाट दिउसो खस्दा बुढी गण्डकी नदीमा बेपत्ता भएको हो ।
सिर्दीबासबाट २६ वटा खच्चड सहित नामरुङ तर्फ जादै गरेको घर्ती खच्चड धपाउने क्रममा मंगलबार दिउसो ३ः३० बजे भिरबाट खस्दा १५० मिटर तल रहेको बुढी गण्डकीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।
खच्चड गोठालो घर्ती भिरबाट खसेको बिषयमा प्रहरीलाई खच्चड धनी चुमनुब्री गाउँपालिका ३ चिसापानी बस्ने दिपेन्द्र गुरुङ जानकारी दिएको र उनको बुधबार बिहानै देखी प्रहरी र स्थानियले खोजीगर्दा घर्तीको बुढी गण्डकी नदी किनारमा झोला, पर्स, मोबाईल र मतदाता परिचय पत्र फेला परेको गोरखा प्रहरीले जनाएको छ ।
स्थानिय र प्रहरीले बेपत्ता घर्तीको बुढीगण्डकी नदीमा खोजी गरिरहेको जनाएको छ ।




















