गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)ले गोरखाले जिल्लाको ११ स्थानिय तह मध्ये १० वटामा निर्वाचन सम्पन्न गरेको छ । सम्पन्न भएका १० वटै पालिकाहरुमा नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
शनिबार सम्पन्न भए पहिलो स्थानिय तहको अधिबेशनमा पालुङटार नगरपालिकामा भने आंकाक्षी धेरै भएका कारण निर्वाचन बाँकी रहेको छ ।
अन्य स्थानिय तहमा भने अध्यक्ष सहितका पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन गरेको पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए ।
स्थानिय तहको अधिबेशनबाट गोरखा नगरपालिकाको नगरपार्टी अध्यक्षमा कृष्ण रानामगर, उपाध्यक्षमा चन्चला ज्ञवाली, रामबहादुर खड्का मंगलबहादुर बयलकोटी, सचिवमा हरीबहादुर खनाल, सह सचिवमा गोबिन्द भट्टराई र कोषाध्यक्षमा बिनोद अर्याल सर्वसम्मत चयन भएका छन् । नगरपालिका ८५ सदस्सीय नगरसमिति गठन भएको छ ।
त्यस्तै भीमसेन थापा गाउँपालिका पार्टी समितिको अध्यक्षमा सुजन पाण्डे, उपाध्यक्षमा नारायण श्रेष्ठ, मालती भट्ट र सागर श्रेष्ठ, सचिवमा मदनकुमार शाक्य, सह सचिवमा कृष्णबहादुर बिक र कोषाध्यक्षमा बिष्णु पाण्डे निर्वाचित भएका छन् ।
आरुघाट गाउँपालिका पार्टी समितिको अध्यक्षमा बिष्णुप्रसाद खड्का, उपाध्यक्षमा डिलबहादुर रोका, अमृता लामा, पार्वती सापकोटा, सचिवमा राजकुमार ढकाल, सह सचिवमा गमबहादुर गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर नेपाली चयन भएका छन् ।
गण्डकी गाउँपालिकामा सिताराम रसाइली, उपाध्यक्षमा दानसिंङ गुरुङ, मिलन मग्राती, सचिवमा तुलसी रेग्मी निर्वाचित भएका छन् । कोषाध्यक्ष र सह सचिव पदमा पछि मनोनयन गरिने गरी निर्वाचन सम्पन्न गरिएको छ ।
त्यस्तै गरी सहिद लखन गाउँपालिका पार्टी समितिको अध्यक्षमा रमेश थापामगर, उपाध्यक्षमा इन्दिरा तिवारी, कृष्ण अंम्गाई, ध्रुव खनाल, सचिवमा कृष्णबाबु श्रेष्ठ, सह सचिवमा भरत खनाल, कोषाध्यक्षमा शेरबहादुर बिक निर्वाचित भइका छन् ।
उता सिरानचोक गाउँपालिका पार्टी समितिको अध्यक्षमा नवराज पुडासैनी, उपाध्यक्षमा उद्धव गुरुङ, शारदा घिमिरे र लक्ष्मी रम्तेल, सचिवमा धनबहादुर तामाङ, कोषाध्यक्षमा हेम तमु र सह सचिवमा बिनोद भण्डारी निर्वाचित भएको माओबादी केन्द्र गोरखाले जनाएको छ ।
त्यस्तै गरी, चुमनु्रबी गाउँपालिका पार्टी समितको अध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा राजकुमार गुरुङ, चित्रबहादुुर गुरुङ, सुरेन्द्र गुरुङ, सचिवमा बलबहादुर गुरुङ, सह सचिवमा काजी घले, र कोषाध्यक्षमा छिरिङ ध्युर्मे लामा निर्वाचित हुनु भएका छन् ।
बारपाक सुलिकोट गाउँपालिका पार्टी समितिको अध्यक्षमा नरबहादुर गुरुङ निर्वाचित भएको छ । अन्य पदाधिकारीको निर्वाचन गर्न बाँकी रहेको माओवादी केन्द्र गोरखाले जानकारी दिएको छ ।
धार्चे गाउँपालिका पार्टी समितिको अध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्षमा मीनबहादुर सुनार, रामकुमार गुरुङ र इन्द्रप्रसाद गुरुङ, सचिवमा सूर्यबहादुर गुरुङ, कोषाध्यक्षमा सबिना घले र सह सचिवमा शरद गुरुङ निर्वाचत भएका छन् ।
यता आरुघाट गाउँपार्टी समितिको अध्यक्षमा सनिल परियार, उपाध्यक्षमा अनिता भुजेल, धनबहादुर गुरुङ, प्रदिप घले, सचिवमा प्रकाश अधिकारी, सह सचिवमा बिष्णु भुजेल र कोषाध्यक्षमा प्रतलाल तामाङ सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षका सहित पदाधिकारीको चयन हुन बाँकी रहेको पालुङटार नगरपालिका, अध्यक्ष बाहेकका पदाधिकारी चयन हुन बाँकी रहेको बारपाक सुलिकोट गाउँपालिका गण्डकी गाउँपालिकामा निर्वाचित सदस्यहरुको बैठकबाट पदाधिकारी चयन हुने माओबादी केन्द्र गोरखाले जनाएको छ ।
माओबादीको बिधानमा नगरपाटी समितिमा ८५ जना र गाउँपालिका पार्टी समिति ५५ जनाको रहने व्यवस्था गरेको छ ।




















