काठमाण्डौँ । गायक आयुस्मान बिष्टको डेब्यु म्युजिक भिडियो ‘पोखरेली नानी’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन् । गीतमा कुशल कुमार खनालको शब्द रहेको छ भने संजीव बराइलीको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा युवा–युवतीबीचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा कुन्साङ बोम्जन, बिना राउत, दिक्षा रिसाल र स्वयम् गायक आयुस्मान बिस्ट फिचर्ड छन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ ।
पुष्पाञ्जली थापा बिष्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो । ओएसआर डिजिटल मार्फत सार्वजनिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।




















