गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाको भोली सबै स्थानिय तहको अशिबेशन हुने भएको छ ।
माओबादी केन्द्रले गोरखाको २ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा शनिबार अधिबेशनको तयारी पुरा गरिसकेको पार्टीका जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापा मगरले जानकारी दिए ।
अघिबेशनका लागि सबै स्थानमा निर्वाचन समितिले काम सुरु गरिसकेको समयमा नै अधिवेशन सम्पन्न हुने माओवादी केन्द्र गोरखाले जनाएको छ ।
गाउँपालिकामा ५५ सदस्य र नगरपालिकामा ८५ सदस्सीय पार्टी समिति चयन हुने छ । नगरपार्टी समिति र पालिका समितिमा ७÷७ जना पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष रहने व्यवस्था रहेको माओबादी केन्द्र गोरखा जनाएको छ ।
पार्टीको बिधान अनुसार पालिकाको सवै समितिहरुमा महिला ३५ प्रतिसत, युवा २० प्रतिसत, दलित १५ प्रतिसत अनिबार्य समेट्ने व्यवस्था गरेको छ ।
अधिबेशनबाट जिल्लाको गोरखा नगरपालिकाबाट २२ जना, पालुङटार नगरपालिकाबाट २० जना, सहिद लखन गाउँपालिका १९ जना, गण्डकी गाउँपालिकाबाट १८ जना प्रदेश प्रतिनिधिको रुपमा चयन हुनेछन् ।
त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाबाट १४ जना, भीमसेन थापा गाउँपालिकाबाट १३ जना, सिरानचोक गाउँपालिका १२ जना, धार्चे गाउँपालिकाबाट ११ जना, अजिरकोट गाउँपालिकाबाट १० जना, आरुघाट गाउँपालिकाबाट ९ जना र चुमनुव्री गाउँपालिकाबाट ५ जना प्रदेश प्रतिनिधिको रुपमा निर्वाचित हुने छन् ।
गोरखा जिल्लाबाट प्रदेश प्रतिनिधिको रुपमा १५३ जना निर्वाचित हुने माओबादी केन्द्रले जनाएको छ ।




















