गोरखा । गोरखाको मनकामनामा हुने पर्व पूजाका लागी आएका १ जना पूजारीको हृदयघातबाट ज्यान गएको छ ।
काठमाण्डौं महानगरपालिका ४ बल्खुका गुर्जु (पूजारी) रत्नराज बज्राचार्यको बिहीबार राती मनकामनामा हृदयघातका कारण ज्यान गएको हो ।
मनकामनामा बर्षेनी २ पटक पर्व पूजा हुने गर्दछ । सोही पर्व पूजाका लागी गुठी संस्थानबाट खटी आएका बज्राचार्यको हिजो राती अकास्मत हृदयघात हुदाँ ज्यान गएको स्थानिय दिनेश जोशीले जानकारी दिए ।
बज्राचार्यको बिहीबार राती १०ः०० बजे ज्यान गएको हो । मनकामनाको एक होटलमा बास बसेका उनीलाई बिहीबार राती अकास्मत असहज भए महशुस गरेको र केही क्षणमा नै उनको ज्यान गएको हो ।
अहिले घटना स्थलमा गोरखा प्रहरीको १ टोली पुगेको र घटनाको बिषयमा जानकारी लिने काम भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
घटनाको पूर्ण विवरण भने आउन बाँकी नै रहेको गोरखा प्रहरीले जनाएको छ ।




















