गोरखा । नेकपा एमालेको १०औं महाधिबेशनमा गोरखाकाबाट ८ जना आकांक्षी देखिएका छन् ।
चितवनमा हुन लागेको महाधिवेशनमा गण्डकी प्रदेशका पूर्व मन्त्रि समेत रहेको रामशरण बस्नेत सहितका ७ जनाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको हो ।
एमालेका जिल्ला स्तरका प्रभावशाली नेताहरु मध्ये सम्झना देवकोटा, मिना बराम, सुरेन्द्र थापा, बाबुराम थापा, प्रेम गुरुङ, कमल दानी र कृण्ण नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने लागेको नेकपा एमाले गोरखाका एक नेताले बताए ।
एमालेको बिधानमा पार्टी सदस्यता लिएको कम्ती १० बर्ष पुगेका व्यक्तिले केन्द्रीय सदस्यमा उमेद्ववारी दिन पाउनेछन् ।
पार्टीको केन्द्रीय समितिको पदाधिकारीमा भने गोरखाबाट नेता रामशरण बस्नेत बाहेक अन्य नेताको योग्यता नपुग्ने बताइएको छ । तर नेता बस्नेतले पनि पदाधिकारीमा इच्छा व्यक्त नगरेको स्रोतको दावी छ ।




















