गोरखा । चालकको लापरबाही कारण अखिल क्रान्तिक्रारी गोरखा पालुङटारका संयोजक सुर्वण देवकोटाको मृत्यु भएको भन्दै मृतकका आफन्तजनले बुधबार अबेरसम्म शव बुझेन मानेनका छैनन् ।
ना. ६ ख ९१३४ नम्बरको यात्रु बाहक बसका चालकले मार्ने नियतले दुर्घटना गराएको भन्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध नहुँदासम्म शब नबुझ्ने अडान लिएका छन् ।
त्यसको बिरोधमा बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय दमौली अगाडि पृथ्वीराजमार्गमा आधा घण्टा चक्काजाम गरी दबाब दिएपछि बार्तामा बस्ने सहमति पश्चात आन्दोलन स्थगित गरिएको स्थानीय आरके भट्टले जानकारी दिए ।
न्याय पाउने किसिमको राहत नपाए शसक्त रुपमा आन्दोलनमा उत्रिने बताउदै मृतकका परिवारलाई २० लाख क्षतिपूर्ति दिनुपर्ने पीडित पक्षले माग राखेका छन् ।
मंगलबार तनहुँको डुम्रे बेसीशहर सडक खण्डमा पर्ने भानु नगरपालिका १ को भन्सारमा विद्यार्थी नेता सुर्वण देवकोटा सवार स्कुटरलाई बसले ठक्कर दिदा नेता देवकोटाको घट्नास्थलमै मृत्यु भएको थियो ।
गोरखाको पालुङटार नगरपालिकाको ४ निवासी २४ वर्षिय विद्यार्थी नेता देवकोटाको कामको सिलसिलामा बाईसजाँगरबाट डुम्रे जाँदै गरेको बा ४५ प २३८ नम्बरको स्टकुटर लाई सोही दिशाबाट आएको ना. ६ ख ९१३४ नम्बरको यात्रु वसले ठक्कर दिदा देवकोटाको घटना स्थलमा नै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले बताए ।




















