गोरखा । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनले आज गोरखा अस्पताल परिषरको सरसफाई सम्पन्न गरेको छ ।
नेकपा एमालेको आसन्न १०औं महाधिवेशनको पूर्व सन्ध्यामा गोरखा अस्पताल र वरपरको सरसफाई कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियु गोरखाका अध्यक्ष सुजन सिंखडाले जानकारी दिए ।
पार्टीका विभिन्न तहका पदाधिकारीहरुले बुधबार बिहान ७ बजेदेखी ९ बजेसम्म गोरखा अस्पताल र अस्पताल संग जोडिएको बाहिरी भागमा सरसफाई गरिएको अनेरास्वबियु गोरखाले जनाएको छ ।
३० जना भन्दा बढी सहभागी भएको उत्त कार्यक्रममा नकुहिने प्लाष्टिक र सिसाहरु संकलन गरिएको र झाडीहरु हटाईएको छ ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव कृण्ण नेपाली र अस्पताल बिकास समितिका सदस्य देवराज श्रेष्ठको समेत सहभागिता रहेको थियो ।




















