काठमाण्डौँ । गीतकार प्रलाद शाहको शब्द रचनामा रहेको प्रेमिल शैलीको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सितल जुन’ सार्वजनिक भएको छ ।
मायालु जोडीहरुको भावनालाई समेटेर लेखिएको गीतमा एक अर्काको साथ बिना जिन्दगी सुन्दर हुदैन थियो भन्ने भाव व्यक्त गरिएको छ । यस गीतमा युवा पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल फेम्ड गायक आर्यन तामाङको युगल गायन रहेको छ ।
गीतमा कल्याण सिंहको संगीत रहेको छ भने गोपाल रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
युवा युवती बीचको प्रेम र आकर्षणलाई गीत प्रस्तुत गरिएको भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् ।
होप इन्टरनेशनलले प्रायोजन गरेको भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।




















