गोरखा । माओबादी केन्द्र निकट अखिल क्रान्तिक्रारी पालुङटारका संयोजक सुर्वण देवकोटाको आज दुर्घटनामा परि निधन भएको छ ।
तनहुँको डुम्रे–बेसीशहर सडक खण्डमा देवकोटा सवार स्कुटरलाई बसले ठक्कर दिदा उनको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
पालुङटार नगरपालिकाको ४ निवासी २४ वर्षिय विद्यार्थी नेता देवकोटाको बाईसजग्गारबाट डुम्रे तर्फ जाँदै उनी सवार स्कुटीलाई बसले ठक्कर दिएको तनहुँ प्रहरील जानकारी दिएको हो ।
बाइसजग्गारमा ना. ६ ख ९१३४ नम्बरको यात्रु बाहक वसले देवकोटा सवार बा. ४५ प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।
ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको तनहुँ प्रहरीले जनाएको छ ।




















