गोरखा । गोरखाको नयाँबस्तीबाट हराएकी १ जना महिला मृत्त अवस्थामा फेला परेकी छिन् । ६५ बर्षिया डोल्मा तामाङको मृत्त शरिर दरौदी नदी किनारमा फेला परेको गोरखा प्रहरीले जनाएको छ ।
गोरखा, गोरखा नगरपालिका १२ को नयाँबस्ती बस्ने तामाङको सोही स्थानको खत्रेबेशीस्थित दरौदी खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।
डोल्मा गएको असोज ३० गतेदेखि घरबाट एक्कासी हराईको उनको खोजी गर्ने क्रममा कात्तिक ६ गते सोमबार मृत्त शरिर फेला परेको हो ।




















