गोरखा । कोरोना महामारीबाट आक्रान्त गोरखा जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ जना मात्र बाँकी रहेको छ । जिल्लाको गोरखा नगरपालिकामा मात्र १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।
कोरोना महामारीका बेला जिल्ला दैनिक जसो दर्जनौको संख्यामा देखिने संक्रमितहरु अहिले क्रमश घटदै गएको छ । जिल्लाको ११ स्थायिन तह मध्ये गोरखा नगरपालिकामा मात्र १ जना सक्रिय संक्रमित रहेको र त्यो पनि साता दिन पछि संक्रमण मुत्त हुने फोकल पर्सन अर्यालले बताए ।
कार्यालयले दिएको जानकारी अनुसार ति ब्यत्ति आउदो १३ गते संक्रमण मुत्त हुने छन् । त्यस अघि सम्म गोरखामा कोरोना संक्रमणका बिरामी देखा परेन भने जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य हुने पनि कार्यालयले जनाएको छ ।
तिहार अगाडीसम्म पनि कोरोनाको आशंकामा चेक जाँच गराउनेहरुको संख्या १०० भन्दा माथि हुने गरेकोमा गएको सातादेखी त्यो सख्ंया घटेर दर्जनको हाराहारीमा पुगेको छ । तर अघिल्लो सातादेखी नै संक्रमणको आशंकामा एन्टिजेन र पीसीआर गराउनेको संख्या शून्य प्राय भएको गोरखा अस्पताल प्रशासनले जानकारी दिएको छ ।





















