गोरखा । नेकपा माओबादी केन्द्र गोरखाले जिल्ला भित्रका ९४ वटामा आज दोस्रो वडा अधिबेशन गर्न लागेको छ ।
केन्द्रले जिल्लाका ११ वटै स्थानीय तहको सवै वडामा अधिबेशन तयारी सुरु भएको जनाएको छ ।
वडामा निर्वाचनका लागि ९४ वटै वडामा निर्वाचन समिति पुगीसकेको माओबादी केन्द्र गोरखाका पार्टी जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापाले जानकारी दिए ।
अधिबेशनका लागि निर्वाचन समितिलाई मनोनयन पत्र, मतपत्र लगायतका आबश्यक सवै व्यवस्था गरि वडावडामा पठाइएकोले उनीहरु शुक्रबार साँझसम्म सबै वडामा पुगी सकेको पनि थापाले जनाकारी दिए ।
माओबादीले पहिलो पटक पाटीलाई थप व्यवस्थित गर्न टोलदेखि वडा, गाउँपालिका, नगरपालिका, प्रदेश तथा केन्द्रमा समेत निर्वाचन मार्फत नेतृत्व चयन गर्न लागेको हो ।
माओबादी केन्द्रको बिधानले टोलमा रहने सेलमा समेत १९ सदस्सीय सेल कमिटी गठन गर्नेछ भने वडामा २९ सदस्सीय वडा समिति गठन गर्ने छ ।
पार्टीका सवै समितिहरुमा समावेशिता र समानुपातिकता मिलाउनका लागि कम्तीमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, १० प्रतिशत युवालाई समेट्नु पर्ने व्यवस्थामा केन्द्रको बिधानले गरेको छ ।




















