गोरखा । नेकपा माओबादी केन्द्र गोरखाले जिल्ला भित्रका ९४ वटामा भोली दोस्रो वडा अधिबेशन गर्ने भएको छ ।
केन्द्रले जिल्लाका ११ वटै स्थानीय तहको सवै वडामा वडा अधिबेशन मंसिर ४ गतेको लागी तोकेर निर्वाचन समिति समेत परिचालन गरिसकेको जनाएको छ ।
वडामा निर्वाचनका लागि ९४ वटै वडामा निर्वाचन समिति पुगीसकेको माओबादी केन्द्र गोरखाका पार्टी जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापाले जानकारी दिए ।
अधिबेशनका लागि निर्वाचन समितिलाई मनोनयन पत्र, मतपत्र लगायतका आबश्यक सवै व्यवस्था गरि वडावडामा पठाइएकोले भोली साँझ सम्म सबै वडाको निर्वाचन सम्पन्न हुने संयोजक थापाले बताए ।
माओबादीले पहिलो पटक पाटीलाई थप व्यवस्थित गर्न टोलदेखि वडा, गाउँपालिका, नगरपालिका, प्रदेश तथा केन्द्रमा समेत निर्वाचन मार्फत नेतृत्व चयन गर्न लागेको हो । माओबादी केन्द्रको बिधानले टोलमा रहने सेलमा समेत १९ सदस्सीय सेल कमिटी गठन गर्नेछ भने वडामा २९ सदस्सीय वडा समिति गठन गर्ने छ ।
पार्टीका सवै समितिहरुमा समावेशिता र समानुपातिकता मिलाउनका लागि कम्तीमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, १० प्रतिशत युवालाई समेट्नु पर्ने व्यवस्थामा केन्द्रको बिधानले गरेको छ ।




















