गोरखा । नेकपा (माओबादी केन्द्र) गोरखामा आवद्व पार्टीगत सदस्य २० हजार ५०० नाधेको छ ।
माओबादी केन्द्रले गोरखामा कात्तिकको पहिलो सातादेखि सुरु गरेको सदस्यता नविकरण अन्तिम चरणमा पुग्दा नपुग्दै २० हजार ५०० सक्रिय सदस्य पार्टी जोडिएको पार्टीका जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापाले बताए ।
जिल्लामा रहेको ११ वटा स्थानीय तहमा बुधबार बिहानसम्म २० हजार ७४६ जनाले पार्टी सदस्यको नविकरण गरिसकेको संयोजक थापाले जनाकारी दिए । थापाका अनुसार भीमसेन थापा गाउँपालिकामा १ हजार ७६७, सहिद लखन गाउँपालिकामा २ हजार ७६३, गोरखा नगरपालिकामा ३ हजार २३ जना पार्टी सदस्यले सदस्यता नविकरण भई सकेको छ ।
त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा १ हजार ८७६, पालुङटार नगरपालिकामा २ हजार ८२३, चुमनुव्री गाउँपालिकामा ५३८, गण्डकी गाउँपालिकामा २ हजार ५४९ जनाले पार्टी सदस्यले नविकरण गरीसकेका छन् ।
त्यस्तै गरी, आरुघाट गाउँपालिकामा १ हजार ४७ जना, धार्चे गाउँपालिकामा १ हजार ४२४ जना, अजिरकोट गाउँपालिकामा १ हजार २३२ जना र सिरानचोक गाउँपालिकामा १ हजार ६४४ जनाले पार्टी सदस्यता नविकरण गरेको माओवादी केन्द्र गोरखाले जानकारी दिएको छ ।
पार्टी सदस्यताका हिसावमा गोरखा जिल्लामा माओबादी केन्द्र सवैभन्दै धेरै पार्टी सदस्य भएको पार्टी बन्ने निश्चित भई सकेको छ । नेपाली काँग्रेसको करिब १२ हजार र एमालेको करिब ७ हजार ५०० पार्टी सदस्यता रहेका छन् ।




















