गोरखा । गोरखा नगरपालिका १ ताप्ले एक बृद्धा १० दिनदेखि बेपत्ता भएका छन् । ७० बर्षका नारायणदत्त न्यौपाने गएको कात्तिक २२ गतेदेखि घरबाट बेपत्ता भएको उनका आफ्न्त राजन लामिछानेले बताए ।
मानसिक अवस्था ठिक नभएका न्यौपाने एक्कासी घरबाट बेपत्ता भएको र उनको खोजीकालागी परिवारजनले अपिल सेमत गरेका छन् ।
५ फिट ५ इन्च उचाइ भएका न्यौपाने सेतो धर्के सट, हाफ स्विटर, कालो पाइन्ट, ढाका टोपी र जुत्ता लगाएको अबस्थामा कोही कसैले देखेमा नजिकको प्रहरी चौकी वा परिवारलाई खबर गरिदिन उनको परिवारले अपिल गरेको हो ।
अन्तिम पटक उनलाई भीमसेन थापा गाउँपालिकाको अश्राड्बाट बोर्लाड तर्फ जाँदै गरेको अबस्थामा केही मानिसले देखेको भएता पनि खोजविन गर्दा आज सम्म फेला पार्न नसकेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
न्यौपानेलाई कहीँ कतै फेला पार्नु भएमा मोवाई नम्बर ९८१८६८८५०३, ९८४३२९४०००, ९८४१०७०४२४, ९८४१५६१८५९ मा सम्र्पक गरिदिनुहुन समेत परिवारले अपिल गरेको छ ।




















