गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज गरेको नेपाल बन्दका कारण गोरखामा पूर्ण प्रभाव परेको छ ।
पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै गरेको बन्दको गोरखामा पूर्ण प्रभाव सामान्य देखिएको हो ।
मंगलबार बिहानैदेखि गोरखा सदरमुकाम भएर ग्रामिण क्षेत्रमा जाने तथा देशको विभिन्न भागमा चल्ने कुनै पनि सवारी साधान चलेको छैन । केही निजी सवारी साधान फाट्टफुट्ट रुपमा चलेका छन् ।
गोरखा बजार तथा जिल्लाको ठुला बजारहरु पूर्ण रुपमा बन्द भएका छन् । निजी तथा सरकारी स्कुल समेत बन्द भएका छन् ।
सडकमा सुरक्षकर्मी, सञ्चारकर्मीका सवारी साधान र एम्बुलेन्स तथा शव बाहन मात्र चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।




















