गोरखा । गोरखामा आज ६२ जनामा एन्टिजेन परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टी भएको छ । गोरखा नगरपालिका र गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १ जना महिलामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको हो ।
बिहीबार गोरखा अस्पतलामा ६ जना महिला र ३ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा १ जना महिलामा संक्रमण देखिएको हो ।
आजै गोरखा नगरपालिकामा पनि ४ जना महिला र ४९ जना पुरुषको एन्टिजेन परिक्षण गरिएकोमा कोही कसैमा पनि संक्रमण नदेखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
आज १० जना महिला र ५२ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार गोरखा नगरपालिका बाहेक अन्य १० स्थानिय तहमा कोरोना संत्र mमितको संख्या शुन्य रहेको छ । गोरखा नगरपालिकाम भने आज संक्रमण देखिएका सहित ५ जना सक्रिय संक्रमित रहेका छन् ।





















