साँकेतिक तस्बिर
गोरखा । गोरखाको चनौटेबाट १५ किलो चरेश सहित ४ जनालाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
अजिरकोट गाउँपालिका ५ को चनौटे बजारबाट करिब १५ किलो अवैध लागूऔषध चरेश सहित धार्चे गाउँपालिका ४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङ, गोरखा नगरपालिका १० छेपेटार बस्ने ३७ वर्षीय लालबहादुर तामाङ, सोही ठाउँ बस्ने ३३ वर्षीया छेमेन तामाङ र सोही ठाउँ बस्ने ३० वर्षीय प्रबिण श्रेष्ठलाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।
बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा. २० च ९३३२ नम्बरको जीपलाई ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखि ल्याउँदै गरेको उक्त परिणामको चरेश सहित फेला पारी जीप चालक प्रबिण समेत ४ जनालाई पक्राउ गरेको गोरखा प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




















