काठमाण्डौं । उर्जामन्त्रि पम्फा भुसालले राष्ट्रिय गौरवको आयोेजनाको रुपमा रहेको बुढीगण्डकी नेपाल सरकार आफैले बनाउने बताइन ।
उनले चीनले थ्री गर्जेज निर्माण गरेजस्तै नेपालले पनि बुढीगण्डकी आयोजना निर्माण गर्ने बताएकी हुन ।
‘आयोजनालाई अबश्य पनि एउटा निष्र्कषमा पु¥याउनेछु, मन्त्रि भुसालले भनिन्, ‘यसलाई ऋण खोजेरै भएपनि हामी आयोजना निर्माण गछौ ।’
बुढीगण्डकी जलविद्युत् आयोजना अहिले योजनामा रहेकामध्ये सबभन्दा ठूलो भएको र त्यो बहुआयामिक योजना पनि रहेको उनले बताइन । त्यहाँ ठूलो सहर बस्नेछ, पर्यटकीय स्थल बन्नेछ, मन्त्रि भुसालले भनिन्, विद्युत् महँगो भए पनि अन्य क्षेत्रको आयले त्यसलाई सस्तो बनाउन सकिन्छ ।
यो महँगो आयोजना हुँदाहुँदै पनि मेरो एक नम्बर प्राथमिकतामा छ । जसरी पनि बनाउने मेरो लक्ष्य छ ।’उहाँले सरकारले बुढीगण्डकी आयोजना निर्माण जसरी भएपनि गर्नेमा जोडदिइन ।
नेपालमा जलासययुक्त आयोजना नबनाई सुख छैन, हामीसँग जलाशययुक्त आयोजना नहुनु हो, उनले भनिन्, यस्ता आयोजना निजी क्षेत्रले पनि बनाउँदैन उसले सजिला आयोजना, थोरै लगानी र चाँडै प्रतिफल आउने आयोजना हेर्छ ।’
मन्त्रि भुसालले अघिल्लो साता मात्र नेपालले ३९ मेगावाट विद्युत् भारतको खुला बजारमा निर्यात अनुमति पाएको भन्दै यो मुलुकको ऊर्जा क्षेत्रका लागि कोसेढुंगाका रूपमा रहने बताइन । ‘अर्कोतर्फ, हामीसँग भविष्यमा जति विद्युत् उत्पादन हुँदैछ, उनले भनिन्, ‘त्यसलाई पूर्ण प्रयोग गर्न पनि विद्युत् निर्यात गर्नु नै पर्ने हुन्छ ।’




















