गोरखा । नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः रबिन्द्रजंग थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
गोरखा सदरमुकाममा आज (मंगलबार) सम्पन्न भएको दोस्रो जिल्ला अधिबेशनले थापालाई पुनः सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
अधिबेशनले पार्टीको जिल्ला उपाध्यक्षमा प्रेम खड्का, सचिवमा प्रेम बिश्व, कोषाध्यक्षमा शिवदेवी पोखरेललाई सर्व सम्मत चयन गरेको परिवार दल गोरखाले जनाएको छ ।
त्यस्तै अधिबेशनबाट पार्टी जिल्ला कमिटी सदस्यहरुमा सुशिल कुमाल, मनिष रोका, सरोज थापा, चित्रबहादुर कुमाल र कोपिला थापा चयन भएका छन् । पार्टीको जिल्ला कमिटी ३२ सदस्सीय हुने भएपनि बाँकी पदाधिकारी र सदस्यहरु भने पहिलो बैठकबाट मनोनित गर्ने प्रावधान रहेको पार्टीले जानकारी दिएको छ ।
नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो पहिलो प्राथामिकता जिल्लाका ११ स्थानीय र ९४ वटै वडामा पाटी संगठन बिस्तार गर्ने बताए ।




















