काठमाण्डौं । धनकुटा पहाडमा बाल्यकालमा बिताएका मिठा सम्झनाहरुलाई समेटेर गायक प्रत्युष श्रेष्ठले आफ्नो पहिलो म्युजिक भिडियो ‘अल्लारे मन’ सार्वजनिक गरेका छन् ।
यस गीतमा स्वर, शब्द र संगीत स्वयम् श्रेष्ठको रहेको छ । गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा विपना थापा र विकाश जोशी बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।
भिडियोमा एन्जिला रजक, रिजन श्रेष्ठ, पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको समेत भिडियोमा अभिनय रहेको छ ।
जावेद खानले छायांकन गरेको भिडियोलाई उज्ज्वल जोशीले सम्पादन गरेका हुन् । छबि लाल तामाङको निर्देशनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
पेशाले न्युरोसर्जनका रुपमा कार्यरत श्रेष्ठले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।




















