गोरखा । गोरखा सदरमुकाममा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको अवस्थामा गंभर भएको छ ।
गोरखा नगरपालिका को बिरेनचोकमा गोरखाबाट आँबुखैरेनी तर्फ जादै गरेको ना. ५१ प ७०४३ नम्बरको २२० को पल्सर र खैरेनी देखी गोरखा बजार तर्फ आउदै गरेको ना. २४ प ९१०८ नम्बरको भिआर मोटर साईलक एक आपसमा ठक्कर खादा १ जना गंभिर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घाइतेलाई गोरखा अस्पतामा सामान्य उपचार पछि बाहिर पठाउने तयारी भई रहेको छ । दुर्घटनामा घाइते हुनेहरुको नाम आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




















