गोरखा । तिहारको चौथो दिन अर्थात शुक्रबार गोवर्द्धन पूजा गरि मनाइएको छ । यसैगरी गाेरखाका नेवार समुदायले नेपाल सम्वत् ११४२ पनि मनाएका छन् ।
साँझमा गोरखामा सबैका घरमा झिलिमिली बत्ती बलेको देखिन्छ । साँझमा गोरखा बजारको बत्तीको झिलिमिलीले धपक्कै बलेको थियाे ।
घर उज्यालो भए धनधान्यकी देवी लक्ष्मीले घरमा वास गर्ने विश्वास गरिन्छ ।
तिहारलाई फूल र बत्तीको पर्वका रुपमा पनि लिइन्छ ।























